१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि धौलागिरी अस्पतालको ओपीडि सेवा बन्द


0
Shares

-डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । धौलागिरी अस्पताल बाग्लुङ अन्तर्गतको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टी भएपछि अस्पतालको ओपीडि सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि थप स्वास्थ्यकर्मी र सर्वसाधरणमा कोरोना फैलन नदिन र कन्ट्रयाक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गर्नका लागि ओपीडि सेवा बन्द गरिएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बि.क. पोखरेलले जानकारी दिनुभयो ।

अर्को सूचना जारी नभएसम्मका लागिअस्पतालको ओपीडि सेवा साउन २१ गतेदेखि लागु हुनेगरी बन्द भएको पोखरेलको भनाइ छ ।

अस्पतालको आइशोलेसन र अस्पताल नजिकै रहेको धौलागिरी क्याम्पसको प्रि-आइसोलेसन मार्फत कोरोना संक्रमितको उपचार गराई राखेका कारण समय–समयमा स्वास्थ्यकर्मीको समेत कोरोना परिक्षण गर्दै आएको र अस्पताल अन्तर्गतकै क्याम्पसको आइसोलेसनमा कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना पुष्टी भएपछि थप सर्तकता र परिक्षणका लागि ओपीडि सेवा बन्द गरिएको उहाँको भनाई छ ।

आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीमा मंगलबार कोरोना पुष्टी भएसंगै बुधबार अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परिक्षण गर्ने अस्पतालले जानकारी दएको छ ।

बागलुङमा स्वास्थ्यकर्मीलाइ नै कोरोना पुष्टी भएको यो दोस्रो हो ।