
झापा । झापाका अधिकांश विद्यालय क्वारेन्टिन मुुक्त भएका छन् । सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना र भदौ १५ देखि विद्यालय सञ्चालनको तयारी थाले संगै झापाका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त हुँदै गएका हुन् ।
झापामा जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी विद्यालय सञ्चालनको तयारी गरीएको छ ।
पाँच महिनापछि भदौ १५ गतेबाट सञ्चालनको तयारी थालिएसंगै यहाँका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतले जानकारी दिनुभयो ।
झापाका ३ सय ६५ सामुदायिक विद्यालय मध्ये ४१ वटा विद्यालयमा क्वारेन्टिन बनाइएको थियो ।
जिल्लाका १५ वटा स्थानीय तहले आफ्नो पालिका भित्र पर्ने विभिन्न सामुदायिक विद्यालय सहित स्वास्थ्य संस्था, सामुदायिक भवन लगायतलाई क्वारेन्टिन निर्माण गरेका थिए ।
झापाको मेचीनगर, कंचनकवल, बिर्तामोड लगायतका केही पालिका अहिले क्वारेन्टिन मुक्त भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्