१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लकडाउन घोषणपछि सुनसान भयो सर्लाही


13
Shares

सर्लाही । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम बढेपछि सर्लाहीमा लकडाउनको घोषणा गरिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी बन्दाबन्दीको घोषणा गरिएको जानकारी दिनुभयो ।

सर्लाही जिल्ला भित्र एक हप्ताका लागि लकडाउन जारी भएको हो । जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अनुसार यस्तो निर्णय गरिएको हो ।

औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, इजाजत प्राप्त सवारीसाधन बाहेक मोटरसाइकलसहित अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन नगर्न भनिएको छ ।

अत्यावश्यक उपभोग्य सामग्री विक्री गर्ने पसलबाहेक हाटबजार, मेला नलगाउन र कुनै पनि किसिमको सभा सम्मेलन ,भोज भतेर आदि नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

कुनै पनि व्यक्तिले बन्दाबन्दीको उल्लंघन गरेमा कानून अनुसार कारबाही गरिने समेत प्रजिअ पौडेलले जानकारी दिनुभएको छ ।

अहिलेसम्म सर्लाहीमा ७५५ जनामा कोरोना भाईरसको सक्रमण पुष्टी भएको छ । जसमध्ये ५२९ जना सक्रिय संक्रमित रहेका छन् भने २२६ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।