२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

रूसलाई कोरोनाको खोप अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशनहरू पालना गर्न डब्ल्युएचओको आग्रह


0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले रूसलाई कोरोना भाइरसको खोपको अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।

रुसले कोभिड १९ को खोपको उत्पादन सुरु गर्ने घोषणा गरेपछि डब्ल्युएचओले रूसलाई सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्ने मापदण्ड तथा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो ।

रूसले आगामी अक्टोबारदेखि प्रयोगमा ल्याउन मिल्ने गरि कम्तिमा ३ करोड डोज खोप उत्पादन गर्ने बताइसकेको छ ।

खोप विकासमा लागेको रुसी संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको समाचार संस्थाहरूले बताएका छन् ।

यस अघि रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको बताउनुभएको थियो ।

हाल उत्पादको चरणमा रहेको उक्त खोप भेक्टर भ्याक्सिन भएको र यसले अन्य भाइरसहरूको प्रयोग गरी शरिरमा आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्ने दावी रुसको छ । एजेन्सी