२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको आज निधन


0
Shares

वीरगञ्ज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिनुभएको छ ।

उनको हिजो मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । मृतक मधुमेहका बिरामी रहेको समेत बताइएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।