
राजेश जिसी (इमेज)
प्यूठान, साउन २१ । प्यूठानको सरुमारानी गाउँपालिकाले छोरा–छोरीबीच विभेद हटाउन ‘छोरी पेवा कार्यक्रम’ सञ्चालन गरेको छ ।
जिल्लाकै नमुना पालिकाको रुपमा परिचित यस पालिकाले सञ्चालन गरेको यस कार्यक्रममार्फत् पालिकाका १३३ ‘छोरी’हरु लाभान्वित भएका छन् ।
प्यूठान, सरुमारानी गाउँपालिकाले छोरा–छोरीबीच हुने विभेद तथा बालविवाह कम गर्न छोरी पेवा बचत कार्यक्रम सञ्चालन गरेको छ ।
छोरीमाथि हुने हिंसा न्यूनीकरण गर्न तथा छोरीप्रति सम्मान बढाउनका लागि छोरी पेवा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
पालिकाले छोरी जन्मनेबित्तिकै उनको नाममा रकम जम्मा गर्ने गरेको छ ।
पालिकाले छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेपछि छोरा–छोरीबीच विभेद कम हुँदै गएको छ ।
छोरीको नाममा मासिक २०० रुपैयाँ जम्मा गरिदिने पालिकाले जनाएको छ ।
पालिकाले यस कार्यक्रममार्फत् छोरीमाथि हुने लैंगिक हिंसा न्यूनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन तथा समाजमा छोरीलाई सकारात्मकरुपमा हेर्ने वातावरण सिर्जना हुने विश्वास गरेको छ ।
अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको छोरी पेवा बचत कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
गाउँपालिकाभित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने गरेको छ ।
हालसम्म यो कार्यक्रममार्फत् पालिकाभित्रका १३३ जना छोरीहरु लाभान्वित भएका छन् ।
पालिकाले २० वर्षीय कार्यविधि तयार गरी १० वर्षसम्म रकम जम्मा गरिदिने छ ।
गाउँपालिकाले ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डाँडा र साना किसान कृषि सहकारी सस्था बांगेसाल गरी दुईओटा सहकारीमा छोरीको नाममा रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।
पालिकाहरुले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरुमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न टेवा पुग्नेछ भने आर्थिकरुपमा सबल भए छोरीहरुको शिक्षामा सहयोग पुग्ने र उनीहरुमाथिको हिंसा तथा बालविवाहमा कमी आउनेछ ।
प्रतिक्रिया दिनुहोस्