१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारको आरोपमा वडासचिव समातिए


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २१ । कैलालीको भजनी नगरपालिका वडा नम्बर–४ का सचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

एक महिलाको उजुरीपछि ती वडासचिवलाई प्रहरीले बुधबार भजनी नगरपालिका–४, खैलाडबाट पक्रेको हो ।

आफूलाई बलात्कार गरेको भन्दै महिलाले चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा साउन १८ गते उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय भजनीको टोलीले नियन्त्रणमा लिएर चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो ।

साउन ५ गते घटना भएको भएपनि स्थानीयस्तरमै मिलाउने प्रयास गरिएको र त्यस कार्यमा जनप्रतिनिधि नै संलग्न रहेको आरोप छ ।

महिलालाई इलाका प्रहरी कार्यालय भजनीमा उजुरी दर्ता नगर्न दबाब दिएपछि उनले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछिमात्र घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका चौधरी कैलालीकै टीकापुर नगरपालिका वडा नम्बर–६ का स्थायी बासिन्दा हुन् ।