७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मंगोलियाले ११ टन सुन किन्यो


0
Shares

gold

उलानबटोर, साउन २१ । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।

मंगोलियामा नौ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सन्चित रहेको छ ।

बैंककाअनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा तीन अर्ब ६० करोड अमेरिकी डलर सन्चित रहेको छ ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सन्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ । रासस/सिन्ह्वा