
प्रतीकात्मक तस्वीर ।
काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा बुधबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।
अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो ।
ललितपुरस्थित बंगलामुखी मन्दिर आसपास केन्द्रविन्दु रहेको ३.५ म्याग्निच्यूडको कम्पन मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सो धक्का विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रको भनाइ छ ।
जमिन सतहबाट १०–११ किलोमिटरको गहिराइमा कम्पनको केन्द्रविन्दु रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्