
फाइल तस्वीर ।
विराटनगर, साउन २१ । मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका पुरुष छन् ।
रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल नपुर्याउँदै बुधबार मृत्यु भएको हो ।
यस्तै, कोसी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । उनमा श्वासप्रश्वासको समस्या भएपछि अस्पताल ल्याइएको थियो ।
मृतक दुवैजनाको स्वाब परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको कोसी अस्पतालले जनाएको छ ।
योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा चार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्