१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


समाचार प्रभावः केयर बालगृहबाट गरियो, बालिकाहरुको उद्धार (भिडियो)


0
Shares

kapan

गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज)

काठमाडौं, साउन २१ । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको घटनाको वास्तविकता उजागर गर्दै हामीले समाचार प्रकाशन/प्रसारण गरेपछि अहिले सरकारको ध्यान पनि खिचिएको छ ।

एउटा अबोध बालिकालाई देखाएर पैसा जम्मा गर्ने कुत्सित खेल भएको खुलेपछि राष्ट्रिय बालअधिकार परिषद्ले केयर बालगृहमा रहेका अरु बालबालिकाहरुको पनि उद्धार गरेको हो ।

बालबालिका खोजतलास समन्वय केन्द्र, वडा कार्यालय र स्थानीय प्रहरीको रोहबरमा उनीहरुलाई उद्धार गरिएको हो ।

उद्धारकाक्रममा बालगृहका सदस्यहरुले सञ्चारमाध्यमहरुलाई दृश्य खिच्न अवरोध गरेका थिए ।

बालगृह सञ्चालन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएपनि वडामा भने दर्ता नगरिएको राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलकोे भनाइ छ ।

बालगृहका सञ्चालिका पुष्पा अधिकारीले हालै शिशु फालिएको भन्ने विषयलाई नाटकीय ढंगले प्रस्तुत गरेकोबारे र सो बालगृहमा रहेका बालबालिकाको परिवारको विवरणकाबारेमा अनुसन्धान गरिने प्रतिबद्धता धरेलको छ ।

२०७४ सालमा खोलिएको सो बालगृहमा हाल ११ जना बालिका छन् । उद्धार गर्नेक्रममा रुवाबासी गरेका ती बालिकाहरुलाई आफ्नो अभिभावककाबारेमा कुनै जानकारी छैन ।

हामीले बालगृहका सञ्चालिकाको कर्तुत खुलासा गरेपछि देश–विदेशमा सनसनी मच्चिएको यस घटनामा अहिले सरोकारवाला निकायको ध्यानकेन्द्रित भएको हो ।

पढ्नोस्, समाजको घिनलाग्दो पाटोः पैसा कमाउनकै लागि आमाकै मिलेमतोमा अबोध शिशुलाई मिल्काइयो सडकमा

यसअघि, कपनचौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पाले पालनपोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश–विदेशका मानिसले पैसादेखि सामग्रीसम्म पठाएका थिए ।

तर, पुष्पाको त्यस्तो हर्कत सार्वजनिक भएपछि तिनै सहयोगीहरुले पैसा फिर्ता लगिरहेका छन् ।

पढ्नोस्, समाचार प्रभावः कार्टुनमा शिशु फालेर पैसा जम्मा गर्ने केयर होममा रकम फिर्ता माग्नेको लर्को (भिडियो)

शिशु भने वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाले जन्माएकी थिइन् । आर्थिक अवस्था कमजोर भएको उनलाई सहयोग गर्न आफू र अर्की एक महिलाले यो उपाय लगाएको पुष्पाले जिकिर गर्ने गरेकी छिन् ।

भिडियो हेर्नुहोस्