१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेसबुकले हटायो डोनाल्ड ट्रम्पको स्टाटस


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा पोष्ट गरेको स्टाटस फेसबुकले हटाएको छ ।

कोरोना भाइरसका सम्बन्धमा ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री गलत भन्दैे फेसबुकले हटाएको हो ।

ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो ।

उहाँले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गर्नुभएको थियो ।

ट्रम्पको पोस्टले कोभिडबारे गलत सूचना प्रदान गरेकाले हटाइएको फेसबुकले उल्लेख गरेको छ ।

फेसबुकका प्रवक्ताले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता युक्त दाबी गतल र हानिकारक भएकाले हटाएको जनाएका छन् ।

ट्रम्पको अभिव्यक्ति स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरित रहेको फेसबुको दाबी छ ।

बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ ।

उनीहरुमा तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ ।(एजेन्सी)