
काठमाडौं । लेवनानको बेइरुतमा भएको ठूलो विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि नै केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ ।
विष्फोटनमा परि मृत्यु हुनेको संख्या १३५ पुगेको छ भने घाइतेको संख्या ४ हजार भन्दा बढी छ । राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो ।
यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले वइरुतमा भएको विष्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमामा खसालिएको अणु बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन ।
विष्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्