
बैतडी । जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख आफै मास्क वितरणमा जुटेका छन् ।
जिल्लामा मास्क नलगाउनेको संख्या बढ्दै गएपछि कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी आफै मास्क वितरणमा लागेका हुन् ।
उनीहरुले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेका छन् ।
मास्क नहुनेलाई मास्क र सेनीटाईजर दिदै उनीहरुले बजार क्षेत्रमा संयुक्तरुपमा चेतनामूलक अभियान सञ्चालन गरेका हुन् ।
जिल्लाका मुख्य बजारहरुमा मास्क वितरण गरिएको हो । बैतडीमा मास्क नलगाई हिडडुल गर्ने ३ सय ४१ जनालाई जरिवाना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्