
तनहुँ । चितुवाको आक्रमणमा परी तनहुँमा डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका २ मसारका विष्णुकुमार रानाका छोरा नारायण राना रहेका छन् ।
गए राति घरमै बसिरहेका बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्