१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा कोरोना विशेष अस्पतालमा आगलागी, आठ जनाको मृत्यु


0
Shares

काठमाडौं । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ । आगलागीमा परि ८ जना बिरामीको मृत्यु भएको छ । अस्पतालमा आज बिहान करिब तीन बजे आगलागी भएको बताईएको छ ।

एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि आगलागी पछि भएको भागदौड कारण ८ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएको छ ।

आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

अस्पतालमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ ।एजेन्सी