३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पोखरामा सार्वजनिक जग्गामा व्यक्तिको रजाइँ !


26
Shares

pokhara

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन २२ । पोखरा महानगरपालिकास्थित वडा नम्बर–१८ मा मात्र ७०० रोपनी सार्वजनिक जग्गा व्यक्तिले प्रयोग गर्दै आएका छन् ।

बिचौलियाको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रवृत्ति बढेपछि वडाले सार्वजनिक जग्गा फिर्ता ल्याउन कानुनी अभियान थालेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–१८, लभ्लीडाँडामा रहेको करिब २०० रोपनी जग्गा व्यक्तिले हडपेको भन्दै सरकारी पक्षले जग्गा फिर्ता ल्याउन पहल थालेको छ ।

सार्वजनिक जग्गामा धमाधम संरचना बन्न थालेपछि स्थानीय निकायले हस्तक्षेप गरेको हो ।

पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रवृत्ति बढेको भन्दै जग्गा फिर्ता ल्याउने बताउनुभयो ।

सार्वजनिक जग्गामा धमाधम निर्माण गरिएका छाप्रा, तारबारलगायतका संरचनाहरु धमाधम बन्न थालेपछि वडाध्यक्ष आफैंले संरचना भत्काउन थालेका हुन् । उनले अतिक्रमित सबै संरचना डोजर लगाएर भत्काउने जनाएका छन् ।

महानगरले चालू आर्थिक वर्षलाई सार्वजनिक जग्गा संरक्षण अभियान वर्षकारुपमा घोषणा गरेअनुुसार वडामा अभियान सञ्चालन गरिरहेको भन्दै सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने बताए ।

जग्गामा पोखराका आनन्द कोइराला, सन्जीव कोइराला, पुष्पेन्द्रबहादुर कोइरालालगायतले धमाधम संरचना निर्माण गर्न थालेको खुलेकाले त्यहीअनुसार वडाले हस्तक्षेप गरेको बताउनुभयो ।

पोखरामा पहिलेपनि सार्वजनिक जग्गा अतिक्रमणमा परेको उजुरीहरु पर्दै आएका थिए । जग्गाको आधिकारिक कागजात वडा कार्यालयमा रहेको छ ।

यता, कोइराला परिवारले भने जग्गा आफ्नै भएको दाबी गर्दै आएको छ ।

२०२४ सालमा सर्वोच्च अदालतबाट जग्गाकोबारेमा आफूहरुको पक्षमा फैसला गरेको उनीहरुको दाबी छ ।

उनीहरुले २०३२ सालसम्म तिरो तिर्दै आएको र सरकारले २०७५ सालमा सो जग्गा आफ्नो नाममा लालपुर्जा बनाएपछि कोइराला परिवार अदालत गएको बताइएको छ ।

पोखरा महानगरपालिका वडा–१८ मा मात्रै करिब ७०० रोपनी सरकारी जग्गा रहेको छ ।

त्यसमा पनि अन्य व्यक्तिहरुले जग्गा अतिक्रमण गर्दै आएकाले सबै जग्गा फिर्ता ल्याइने बताइएको छ ।

लभ्लीडाँडा पोखराको आकर्षणको केन्द्र हो । यहाँबाट पोखराबजार दृश्य अवलोकनका लागि निकै राम्रो देखिन्छ ।

भिडियो हेर्नुहोस्