१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यी हुन्, मन्त्रिपरिषद् बैठकका १८ निर्णय


0
Shares

politics

काठमाडौं, साउन २२ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले काभ्रेका डा. उप्रेतीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । उहाँले बुधबार पदभार ग्रहण गरिसक्नुभएको छ ।

भट्टको नियुक्तिलाई लिएर सत्तारुढ दल नेकपाभित्र र बाहिरपनि आलोचना भएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरिएको जानकारी दिनुभयो ।

यस्तै, बेरुजु फर्छ्योट मूल्यांकन र अनुगमन समितिको सदस्यसचिवमा रमा जोशी दुलाललाई दुई वर्षका लागि मनोनयन गरिएको छ ।

सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका, २०७६ को मस्यौदामा स्वीकृति प्रदान, वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न १८ ओटा निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको छ ।

निर्णयहरु पढ्नोस्