
फाइल तस्वीर ।
वीरगन्ज, साउन २२ । वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मधुमेह र मुटुरोगको समस्या भएका उनमा श्वासप्रश्वास समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएएको थियो ।
बुधबार उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्