
काठमाडौं, साउन २२ । काठमाडौंका युनिस गौतम र नेपाली सेनाकी रिना धिमाल आइटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल आइटीएफ तेक्वान्दोको २३औं वार्षिकोत्सवका अवसरमा महासंघले वर्ष २०१९ का उत्कृष्ट पुरुष खेलाडीतर्फ काभ्रे जुनियर राष्ट्रिय आइटीएफ च्याम्पियनसिपका उत्कृष्ट खेलाडी युनिस र महिलातर्फ १९औं राष्ट्रिय आइटीएफ च्याम्पियनसिमा तीन स्वर्णपदक जित्न सफल रिनालाई घोषणा गरेको हो ।
यस्तै, काभे्रका राजमन्दिर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
उत्कृष्टहरुलाई जनही पाँच हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
उत्कृष्ट सबैलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला, आइटीएफका सल्लाहकार लीलबहादुर थापामगरलगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा राखेप उपाध्यक्ष कोइरालाले नयाँ ऐन जारी भएपछि पहिले र अहिलेको खेलकुद परिषद् फरक भएको बताउनुभयो ।
वार्षिकोत्सवकै अवसरमा नेपाल आइटीएफ महासंघले ‘आउट स्टान्डिङ इन्सट्रक्टर’कोरुपमा रुपसिंह विष्टलाई चयन गरेको छ ।
यस्तै, उदीयमान इन्सट्रक्टरको उपाधि रोल्पाका विक्रम बाठामगरलाई प्रदान गरिँदा उत्कृष्ट जिल्लाको उपाधि मोरङले हात पारेको छ ।
प्रदेशतर्फ २ नम्बर प्रदेश उत्कृष्ट भयो । उत्कृष्टलाई सम्मानपत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्