
इलाम । दुईवटा स्थानीय तहमा लकडाउन गरिएको छ । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो ।
सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउन गरेको हो ।
भारतीय सीमा क्षेत्र पशुपतिनगरमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि सूर्योदयले नगर क्षेत्रमा लकडाउनको घोषणा गरेको हो ।
यता सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रो पावरको क्यानल पहिरोको जोखिममा परेपछि त्यसको अध्ययनको लागि काठमाडौबाट आएको टोलीमा सहभागीमा समेत कोभिड १९ पुष्टि भएकोले सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउनको घोषणा गरेको छ । हालसम्म इलाममा ७६ जना कोरोना संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्