
काठमाडौं । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण सुरक्षा सावधानी अपनाउन आज उपत्यकाका तीनै जिल्लाको ‘जिल्ला कोभिड–१९ क्राइसिस म्यानेज्मेन्ट सेन्टर’को बैठक बस्दैछ ।
काठमाडौंमा दिनानुदिन संक्रमित बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि थप रणनीति तय गर्न तीन वटै जिल्लको (डिसिसिएमसी)को बैठक सिंहदरबारस्थित जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, सुरक्षा प्रमुख, जिल्ला समन्वय समिति प्रमुख लगायतको सहभागिता रहने जनाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर एकअर्कोमा सहजै जोडिएको जिल्ला भएकाले पनि संक्रमण बढ्दै गएकोले उपत्यकाभित्र एउटा मापदण्ड बनाएर अघि बढ्ने ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो ।
काठमाण्डौं उपत्यकामा गत बुधबार १ सय २ जना र हिजो मात्रै ७६ जनामा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्