१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वुल्भरह्याम्पटन ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश


0
Shares

काठमाडों । इंग्लीश फुटबल क्लब वुल्भरह्याम्पटन वान्डरर्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराती भएको दोस्रो लिगको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १–० ले हराउँदै वुल्भरह्याम्पट क्वाटरफाईनलमा पुगेको हो ।

पहिलो लेगमा १–१ गोलको बराबरीमा समेटिएको वुल्भरह्याम्पटनले समग्रमा ग्रिक टोलीमाथि २–१ को जित निकाल्न सफल भयो ।

युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको रेन्जर्सलाई हराउँदै जर्मनीको बायर लिभरकुजेन, इटालीको ए.एस रोमालाई हराउँदै स्पेनको सेभिया र जर्मनीको फ्र्याङ्कफर्टलाई हराउँदै स्विटजरल्याण्डको एफ.सी बाजल पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् । एजेन्सी