
झापा, साउन २३ । झापामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि ‘पीसीआर’ परीक्षणको दायरा विस्तार गरिएको छ ।
बिर्तामोड, मेचीनगर, अर्जुनधारा नगरपालिकासहित बाह्रदशी गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ ।
नगर क्षेत्रभित्र सुरक्षाकर्मीसहित बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिर्तामोड नगरपालिकाले परीक्षणको दायरा बढाएको हो ।
पछिल्लो समय एनएमबी बैंकका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नगर क्षेत्रका एक हजारजनाको कोरोना परीक्षण गर्न लागिएको बिर्तामोड नगरपालिका कोभिड–१९ रोकथाम तथा व्यवस्थापन समिति संयोजक ओम खड्काले जानकारी दिनुभयो ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बिर्तामोडसहित अर्जुनधारा नगरपालिकामा ‘लकडाउन’ गरिएको छ ।
उता, मेची नगरपालिकामा पनि १५ वर्षीय एक फुटबल खेलाडीमा संक्रमण पुष्टि भएको छ ।
झापामा कोरोना संक्रमितको संख्या ३९२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्