२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


अमरगढी नगरपालिका कोरोनामुक्त


0
Shares

corona

डडेल्धुरा, साउन २३ । डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणमुक्त भएको छ ।

अमरगढी नगरपालिकाले हाल अमरगढी नगरपालिकामा कोरोना संक्रमित नभएको जनाएको छ ।

अमरगढी नगरपालिकामा भारतलगायतका बाहिरी मुलुकबाट आएका एक हजार ५३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ४१ जनामा कोरोना ‘पोजिटिभ’ देखिएपनि सबैजना निको भएर घर फर्किएको नगरपालिकाले जनाएको हो ।