१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


युभेन्ट्सलाई हराउँदै लियोन अन्तिम आठमा, रियल मड्रिडको यात्रामा पूर्णविराम


0
Shares

काठमाडौं । च्याम्पियन्स लिगमा युभेन्ट्सलाई हराउँदै लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्ट्सबिरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् ।

दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेलमा लियोनले १–० को जित निकालेको थियो ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का ग¥यो ।

समग्रमा ४–२ को नतिजा सहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो । पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।