१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्पतालको भवन निर्माण आएका १३ मजदुरमा कोरोना संक्रमण


0
Shares

-डम्मर बुढा मगर/ईमेज


बाग्लुङ । धौलागिरी अस्पतालको भवन निर्माणका लागि आएका थप १३ जना कामदारमा कोरोना संक्रमण देखिएको छ ।

केही दिन अगाडी एक जना कामदारमा कोरोना पोजेटिभ देखिएपछि गरिएको परीक्षणमा थप १३ कामदारमा कोरोना पोजेटिभ देखिएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

साउन १३ गते महोत्तरीबाट भवन निर्माणका लागि आएका १८ कामदारहरुको कोरोना परिक्षणमा गर्दा २५ वर्षीय एकजना कामदारमा कोरोना देखिएपछि बाँकीको पनि पुनः परिक्षण गरिएको थियो ।

पुनः परीक्षणमा अन्य १३ जनामा संक्रमण पुष्टि भएको गौतमले बताउनुभयो । भवन निर्माणका लागि १८ जनाको टोली आएकोमा अघिल्लो पटक १७ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

पोखरा स्थित क्षयरोग केन्द्रमा गरिएको परिक्षणणमा ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका १३ जना पुरुषको पोजेटिभ रिपोर्ट आएको गौतमले बताउनुभयो ।

अस्पतालको निर्माणाधीन ‘सी’ ब्लक निर्माणका लागि महोत्तरीबाट आएका उनीहरुलाई उक्त भवनमै क्वारेन्टीनमा राखिएको थियो ।

उनीहरुको कोरोना संक्रमण पुष्टी भएपछि आईसोलेसनमा सार्ने तयारी भएको अस्पतालले जनाएको छ ।