
वीरगन्ज । वीरगञ्ज आन्तरिक सुक्खा बन्दरगाहको व्यवस्थापन र संचालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइपोर्टलाई दिइएको छ ।
सुरुवाती दिनदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेल्वेको अंग कन्नकोर रेलवेजले स्थानीय साझेदार हिमालयन टर्मिनल प्रालिमार्फत संचालन गर्दै आएको थियो ।
नेपालको सुक्खा बन्दरगाहको नियामक नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्रमोहन शाहीले १६ वर्ष अघिदेखि सञ्चालनमा आएको बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजी साझेदारीलाई दिइएको बताउनुभयो ।
रेल सञ्जालमा जोडिएको बन्दरगाहले नेपालको कन्टेनर यातायातको ५० प्रतिशत हिस्सा व्यवस्थापन गर्दै आएको छ र आगामी दिनमा नयाँ व्यवस्थापनले वाणिज्य व्यापारमा थप टेवा पु¥याउनेमा विश्वस्त रहेको उनले जानकारी गराए ।
शनिबार एक कार्यक्रमका बीच नयाँ व्यवस्थापनले पर्सा जिल्लाको सिर्सियामा रहेको ३८ हेक्टरमा रहेको बन्दरगाहको व्यवस्थापन र संचालनको जिम्मेवारी दिइएको हो ।
२०५७ मा निर्माण सुरु भई २०६१ सालदेखि संचालनमा आएको वीरगञ्ज सुख्खा बन्दरगाहको ४५०० कन्टेनरहरु व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ ।
भारतको कोलकाता र विशाखापट्नम बन्दरगाहबाट रक्सौल हुँदै सोझै वीरगन्ज बन्दरगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेलहरु आवतजावत गर्दछन् ।
भ्याली टर्मिनल्सले कोरोनाको महामारी सुरु भएपछि बन्दरगाह कूल क्षमताको ३५ प्रतिशतको हाराहारीमा मात्रै संचालनमा रहेको छ ।
महामारीको प्रकोप समाप्त हुने समयसीमा यकिन नभएको हुनाले आयात र निर्यातमा आएको ह्रास थप बढ्ने सम्भावना रहेको संचालकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्