२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


एउटै टोलमा आठजनालाई कोरोना, गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘सिल’


0
Shares

काठमाडौं, साउन २४ । एउटै टोलमा आठजनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र शनिबार ‘सिल’ गरिएको छ ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिनुभयो ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घरधनीहरु छन् ।

त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चारजनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँचजनामा कोरोना पुष्टि भएको थियो ।