
प्रतीकात्मक तस्वीर ।
काभ्रे, साउन २४ । काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि, दुईजना प्रहरीमा संक्रमण भएपछि ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दा शनिबार थप पाँचजनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
यसैबीच, बनेपामा रहेको शिर मेमोरियल अस्पतालको ‘आइसोलेसन’ वार्डमा कार्यरत् एक कर्मचारीमासमेत कोरोनाको संक्रमण देखिएको छ ।
योसँगै काभ्रेमा संक्रमितको संख्या ४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्