
काठमाडौं, साउन २४ । यो साता नेप्से परिसूचक ५७.६९ अंकले घटेकोे छ ।
साताको चार कारोबार दिनमा लगानीकर्ताहरुले ७२ अर्ब ४७ करोड ८० लाख बराबरको सम्पत्ति गुमाएका हुन् ।
गत साताको कारोबारको अन्तिम दिन साउन १५ गते १४ सय ३९.०६ विन्दुमा रहेको नेप्से परिसूचक साउन २२ गतेसम्म आइपुग्दा १३ सय ८१.३७ विन्दुमा झरेको हो ।
यो साताको पहिलो दिन आइतबार ४२.७८ अंकको उच्च गिरावट आएको थियो । सोमबार भने ७.५९ अंकले बजार बढ्दा बाँकी दिन बजार घटेको छ ।
यो साता चार दिन कारोबार भएको बजारमा गत साताको तुलनामा कारोबार रकम पनि दुई अर्ब ७३ करोड ५८ लाख ८५ हजार कम भएको छ ।
गत साता कुल कारोबार रकम आठ अर्ब दुई करोड २३ लाख ४० हजार रहेकोमा यस साता पाँच अर्ब २८ करोड ६४ लाख ५५ हजार रहेको छ ।
गत साताको तुलनामा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११.४ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्