२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


पर्वतमा सलहको आतंक


0
Shares

salaha

काठमाडौं, साउन २४ । पर्वतको कुस्मा नगरपालिका–१, पाङमा एक सातायता सलह कीराले बालीनाली नष्ट गरिरहेको छ ।

लाखौंको संख्यामा रहेका सलहले भर्खरै रोपेको कोदो, धानदेखि भित्र्याउने बेलाको मकै सखाप पार्न थालेका छन् ।

तरकारी बालीमा समेत सलहले क्षति गरेको छ ।

‘हरियो कोदोको बोट सबैभन्दा धेरै मन पराउँदो रहेछ’–स्थानीय दीपक सुवेदी भन्नुहुन्छ–‘त्यसपछि मकै र धानमा बढी बसेको छ । कोदोको नल र मकैको त डाँठसमेत नछोडी खाने रहेछ ।’

उहाँले आफूहरु सबै काम छोडेर बिहानैदेखि भाँडाकुँडा लिएर लखेट्न जाने गरेको सुनाउनुभयो ।

‘धेरै ठूलो हुलमा आएकोले एकातिरबाट लखेटेर धपायो, अर्कोतिर गएर बस्छ’–उहाँले भन्नुभयो–‘दिउँसो खेतबारीमा आउँछ । राति नजिकैको जंगलमा बस्छ । फेरि अर्को दिन उसैगरी आउँछ ।’

खेत रोपाइँको काम सकेर घाँसपात गरी आराम गरेर बस्नुपर्ने यो बेलामा पाङका किसानहरु भने सलह कीराको मारमा परेको स्थानीय बताउँछन् ।