२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाराको कोरोना अस्थायी अस्पताल व्यवस्थित गर्न माग


0
Shares

corona

बारा, साउन २४ । बाराको सिमरामा सञ्चालित कोरोना अस्थायी अस्पताल व्यवस्थित गर्न स्थानीयले माग गरेका छन् ।

शनिबार जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग वाणिज्य संघले गरेको भेलामा स्थानीयले अस्पतालको स्तरोन्नतिको माग गरेका हुन् ।

करिब ५०० ‘आइसोलेसन बेड’का लागि पूर्वाधार हुँदा पनि स्तरोन्नतिका लागि चासो नदेखाएको उनीहरुको आरोप छ ।

अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी, आइसोलेसन बेडलगायतका पूर्वाधार नहुँदा संक्रमितलाई अन्य अस्पतालमा राखिएको छ ।

बारामा १६ स्वास्थ्यकर्मीसहित २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीनजनाको मृत्यु भएको छ ।