१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु


0
Shares

hospital

वीरगन्ज, साउन २४ । वीरगन्जमा उपचारको अभावमा तीनजनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि चिकित्सकले कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु भएको हो ।

कोरोनाको कारण स्वास्थ्य क्षेत्रसमेत प्रभावित भएको छ ।

नारायणी अस्पताल कोभिड अस्पताल बनेपछि बारा, पर्सालगायत मध्य तराईका बिरामीले सास्ती खेप्नुपरेको छ ।

निजी अस्पतालहरुले उपचार गर्न ढिलाइ गर्दा दुई दिनमा थप तीनजनाको मृत्यु भएको हो ।

उपचारको अभावमा २० वर्षीया युवती, ५१ वर्षीया एक महिला र ६० वर्षीय वृद्धको मृत्यु भएको हो ।

शुक्रबार राति सिकिस्त भएर उपचारका लागि नेसनल मेडिकल कलेज लगिएकी २० वर्षीया युवतीलाई भर्ना लिन नमानेपछि नारायणी अस्पताल लगिएको थियो । श्वासप्रश्वास र ज्वरोको बिरामीलाई भर्ना लिन मिल्दैन भन्दै उनलाई फर्काइएको थियो ।