१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नारायणगढ–मुग्लिन सडक अवरुद्ध


0
Shares

मुग्लिन, साउन २४ । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

यस सडकखन्डअन्तर्गत् शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिलेपनि पहिरो झर्नेक्रम जारी रहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा रहेको कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।

पहिरो झर्नेक्रम रोकिएपछि हटाउने काम सुरु गरिने उहाँले बताउनुभयो । रासस