१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज देशभर वर्षाको सम्भावना, सतर्क हुन आग्रह


0
Shares

काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ रहेकाले आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा गएराति देखि नै अविरल वर्षा भइरहेको छ । यो क्रम मंगलबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशकभर पूर्णतया बदली रही देशका अधिकांश भागमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा हुनेछ ।

त्यसैगरी प्रदेश नं १, वाग्मती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पनि धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश नं १, वाग्मती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

केही स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डौंको आजको न्यूनतम तापक्रम २१..डिग्री सेल्सिय रह्यो भने अधिक्तम तापक्रम २६.देखि२८ .डिग्री सेल्सियसकाबीच रहने छ ।