२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा आजदेखि ५ दिनसम्म निषेधाज्ञा, अतिआवश्यक बाहेक अन्य गतिविधिमा प्रतिबन्ध


0
Shares

बर्दिया । बर्दियामा आजदेखि ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बैंक कर्मचारी, जनप्रतिनिधि तथा थुनुवामासमेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गर्ने जिल्ला कोभिड—१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार सूचना सार्वजनिक गरिएको छ ।

निषेधित अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक कामका लागि बाहेक कुनैपनि व्यक्ति घरबाहिर निस्कन नपाइने बताइएको छ ।