
काठमाडौं । काठमाडौंको गोंगबुमा एउटा शंकास्पद शव भेटिएको छ ।
गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शव भेटिएको प्रहरी स्रोतले बताएको छ ।
टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।
महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्