१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आन्द्रे पिर्लो युभेन्टसको प्रशिक्षकमा नियुक्त


0
Shares

काठमाडौं । इटालियन फुटबल क्लब युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएलगत्तै मौरिजियो सारीलाई प्रशिक्षकबाट हटाएको युभेन्टसले पिर्लोमाथि विश्वास देखाएको हो ।

क्लबले पूर्व मिडफिल्डर पिर्लोलाई २३ वर्षमुनिको टिमको प्रशिक्षकमा नियुक्त गरेको एक सातामै सिनियर टिमको पनि जिम्मावारी सुम्पिएको हो ।

कुनै समयको लोभलाग्दो इटालीयन फुटबलका प्रभावशाली खेलाडी पिर्लोले सन् २००६ मा इटालीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनले युभेन्टसका लागि खेलाडीको रुपमा चार पटक सिरी ए, एक पटक कोपा इटालिया र दुई पटक इटालियन सुपर कपको उपाधि जितेका छन् ।

४१ वर्षका पिर्लोले युभेन्टससँग दुई वर्षको सम्झौता गरेका छन् । एजेन्सी