
काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर फालिएको अवस्थामा फेला परेको शवको सनाखत गर्न समस्या परेको छ ।
गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव भेटिएको प्रहरी स्रोतले बताएको छ ।
टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा अन्दाजी ४५ वर्षीय पुरुषको शव भेटिएको हो । टाउको भने सुटकेस भेटिएको स्थानभन्दा तीन सय मिटर टाढा फेला परेको छ ।
सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेर घटनाको अध्ययन गरी छानविनको प्रक्रिया अघि बढाएको छ । यो समाचार तयार पार्दासम्म शवको सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्