
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पार्टी एकताको पक्षमा उभिने प्रतिवद्धता गर्ने भएका छन् ।
पार्टीभित्रको विवाद सघन बनिरहेका बेला एकताको पक्षमा उभिने प्रतिवद्धतासहित पत्रकार सम्मेलन गर्न लागेको आयोजकहरूले बताएका छन् ।
पत्रकार सम्मेलन गरेर पार्टी एकताको रक्षा र सुदृढीकरणका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरिने आयोजकमध्येका सांसद विशाल भट्टराईले जानकारी दिनुभयो ।
पार्टीभित्र देखा परेका समस्या समाधानका लागि सांसदका हैसियतले समाधान गर्न सामूहिक प्रतिवद्धता पत्र तयार पारेको सांसद भट्टराईले जानकारी दिनुभयो ।
पार्टी एकता संकटमा परेका बेला सन्देश प्रवाह गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्