काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज नौ सय रुपैयाँ प्रतितोलाले घटेको हो ।
यस्तै तेजाबी सुनमा पनि प्रतितोला नौ सय रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार नेपाली बजारमा तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने सामान्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार चार सय १० रुपैयाँ कायम छ ।
शुक्रबार भने चाँदीको मूल्य १४ सय पाँच रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला ५० रुपैयाँले बढ्दै चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ कायम भएको थियो ।
बिहीबारको तुलनामा चाँदीको मूल्य शुक्रबार प्रतितोला ६० रुपैयाँले बढेर कारोबार भएको महासंघले जनाएको छ
प्रतिक्रिया दिनुहोस्