
चितवन । चितवनमा नियमित कार्यमा रहेका प्रहरी र बैँकका कर्मचारीमा पनि कोभिड १९ को संक्रमण देखा परेपछि कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ ।
भरतपुर कोभिड– १९ परीक्षण प्रयोगशालामा हिजो स्वाव परीक्षण गर्दा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी, एक सशस्त्र प्रहरी र एक जना थुनुवामा कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमितसँग कति जनाले सम्पर्क गरे भन्ने यकिन गर्न कठिन भएपछि प्रशासनबाट सार्वजनिक सूचना जारी गरी नजिकको स्वास्थ्य संस्था र जनप्रतिनिसँग सम्पर्कमा आएर स्वाब परीक्षण गर्न आह्वान गरिएको छ ।
अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्ष, पुतली बजार क्षेत्र सिल गरिएको छ भने राष्ट्रिय वाणिज्य वैँकको सेवा स्थगित गरिएको छ ।
स्थितिको आंकलन गरी थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्