८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा ६५ हजार बढी नयाँ संक्रमित


0
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा यो संगै धेरै संक्रमित थपिएको अहिलेसम्मकै नयाँ रेकर्ड हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ भने ४२ हजार ५ सय १८ को मृत्यु भएको छ ।

यस्तै हिजोमात्र ८ सय ५७ जनाको मृत्यु भएको छ । संक्रमित थपिएकामा सबैभन्दा धेरै महाराष्ट्रका छन् ।

त्यहाँ १२ हजार ८ सय २२ संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतभर निको हुनेको संख्या १४ लाख ७९ हजारभन्दा बढी छ ।

निको हुने दर ६८ दशमलव ३२ छ भने मृत्युदर २ दशमलव ४ प्रतिशत छ । भारतमा हालसम्म २ करोड ३३ लाख ८७ हजार १ सय ७१ नमुना परीक्षण गरिएको बताइएको छ ।