२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


वीरगञ्ज नौ प्रहरीसहित थप ७५ जना कोरोना संक्रमित थपिए


0
Shares

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ३ जना बारा र एक जना सर्लाहीका हुन् । १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

८ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

महानगरपालिका स्वास्थ्य प्रमुख अरुण महतोले यसअघि संक्रमित पुष्टि भइसकेका वीरगञ्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेको बताइएको छ ।

साउन यता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।