
मकवानपुर । आइतबार एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले आज राति १२ बजेबाट साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण आज देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आइतबार मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्