
सर्लाही । सर्लाहीमा जारी लकडाउनलाई आजबाट थप कडाई गरिने भएको छ ।
कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित डीसीसीएमसी को मलङ्गवार बसेको बैठकले आज देखि लागू हुने गरी लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।
परीक्षणको दायरा बढाइएसँगै मलङ्गवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा समुदाय स्तरमै सङ्क्रमण फैलिसकेकोले थप कडाई गर्नुको विकल्प नभएको डीसीसीएमसीको बैठकले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आजबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको जानकारी दिनुभयो ।
खाद्यान्न, तरकारी, दूधका पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राख्ने निर्णय गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्