१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


धरानमा थप ९ जनामा कोरोना संक्रमण, बेड अभावमा संक्रमित सबै होम आईसोलेशनमा


0
Shares

सुनसरी । धरान उपमहानगरपालीकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये ७ पुरुष र २ महिला रहेको धरान उपमहानगरपालीका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परिक्षण गरीएको थियो । वीपी प्रतिष्ठानमा बेड अभावका कारण संक्रमित सबैलाई होम आईसोलेशनमा राखिएको छ ।

धरानमा प्रिति भल्भ एण्ड फिटिङ्स इण्डष्ट्रिज प्रालीको लापरवाहिका कारण समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो । धरानमा मात्र संक्रमित हुनेको संख्या ५५ पुगेको छ ।