१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई सातामै पथलैया सिमरामा चारसय वेडको आइसोलेसन केन्द्र निर्माण हुने


0
Shares

-प्रकाश लम्साल/ईमेज

बारा । बाराको जितपुर सिमरा नगरका स्थानीयको गुनासो र आलोचनापछी दुई साता भित्र पथलैया सिमरामा चारसय बेडको आइसोलेसन केन्द्र निर्माण गरिने भएको छ ।

प्रदेश सरकारले जिल्ला बिपत ब्यवस्थापन समिति मार्फत एक करोड ७० लाख रुपैंयाँको लागतमा आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।

सिमरास्थित अस्थाई कोरोना अस्पतालको स्तरवृद्धी गरी तीनसय सैया र पथलैया स्थित ट्रमा सेन्टरको तालिम केन्द्रमा एक सय सैयाको आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।

प्रदेश सरकारले बनाउने भनेको नमुना आईसोलेसनको कार्याबन्यन हुन नसकेपछि संक्रमितको चापलाई मध्यनजर गरी सिमरा र पथलैयामा आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले दुई साता भित्र दुबै स्थानमा मर्मत, खाना, खाजासहित आईसोलेसन निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आब्हान गरी कार्यादेश दिने बताउनुभयो ।

नगरमा संक्रमितको बढदो चापसंगै उपचार र अस्पताल अभाब भएपछि प्रदेश सांसद, स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका अगुवा, उद्योग बाणिज्य संघका प्रतीनिधी सहितको बैठकले प्रदेश सरकारबाट प्राप्त रकमले कोरोना अस्पताल क्वारेन्टिनलाई स्तरवृद्धी गरी आइसोलेसन बनाउने र पथलैया ट्रमा सेन्टर तालीम केन्द्रमा एकसय बढी कोठामा आईसोलेसन बनाउने निर्णय भएको हो ।

बैठकमा सात बुँदे मागसहित नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेखित मागहरु माथि छलफल पछि उक्त निर्णय गरिएको हो ।

नगरका मौजुदा स्वास्थ्य जनशक्ति परिचालन गर्दै त्यसका लागि आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामग्री र आइसोलेसन निर्माणको काम दुई साताको समयसीमा तोकी बोलपत्र आह्वान गरी नियमानुसान गर्ने निर्णय गरिएको छ ।

पथलैया तालीम केन्द्रलाई प्रदेश सरकारले ट्रमा सेन्टर अस्पताल बनाउने निती तथा कार्यक्रममा घोषणा गरी दुई करोड बजेट विनियोजन गरिको उक्त स्थानमा तत्काल आइसोलेसन संचालनसंगै कर्मचारी, प्राबीधिक, उपकरण लगाएतका बिषयमा निरन्तर प्रदेश सरकारसंग समन्वय गरीने प्रमुख पंडितले जानकारी गराए ।

चौबीस बडा रहेको नगरका ७ स्थानमा क्वारेन्टिन ब्लक बनाई साता भित्रै स्थानीय तहले संचालन समेत गर्ने जनाइएको छ । वीरगन्जमा कोरोना भाइरसको संक्रमणले कडा रुप लिएपछी छिमेकी जिल्ला बारा सहित सिमरामा पनी यसको जोखिम उच्च देखिएको छ ।

पथलैया वीरगन्ज औद्योगिक करिडोरमा संचालन भइरहेको उद्योगधन्दामा काम गर्ने भारतीय कामदारका कारण यहाँ कोरोनाको त्रास उच्च देखिएको छ ।