
काठमाडौं । अफ्रिकी मुलुक नाइजरमा अज्ञात बन्दुकधारीहरुको समूहले आक्रमण गर्दा ६ जना फ्रेन्च नागरिक मारिएका छन् ।
फ्रान्सको गैरसरकारी संस्था ‘एक्टेड’ का सहायताकर्मीहरुलाई बन्दुकधारीले निशाना बनाएका हुन् ।
उनीहरु मानवतावादी सहयोगको शिलशिलामा नाईजरमा कार्यरत रहेको बेला गोली प्रहार गरिएको हो ।
नाइजरको कोरे प्रान्तमा मोटर साइकलमा आएका बन्दुकधारीको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।
नाइजरको रक्षामन्त्री इस्सोफो कताम्बेले घटना गम्भीर प्रकृतिको भएको बताउदै यसबारे छानबिन भइरहेको बताउनुभएको छ ।
आक्रमणको जिम्मा कसैलै नलिएतापनि नाइजरका जिहादी समूहहरूमाथि आशंका गरिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्